Loading...
「ツール」は右上に移動しました。
利用したサーバー: natural-voltaic-titanium
19いいね 1091回再生

NRNA PRESIDENCY CANDIDATE | VINAYA ADHIKARI

गैर आवासीय नेपाली संघको ११ महाधिवेशन आगामि अक्टोबर १७ देखि २० हुनेगरी निर्णय भएको छ । ‘नेपाल बाहिरको नेपालीको सुख दुःखको साथी’ भन्ने नारालाई आत्मसाथ गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामि कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।
मैले लामो समयदेखि एनआरएनमै बसेर नेपालको हित र महिला सशक्तिकरणको आवाज उठाउँदै आएको तपाइहरुलाई थाहा नै छ ।पछिल्लो समय नेपालमा देखिएको भूराजनीतिक अबस्था, आर्थिक र व्यवसायी क्षेत्रमा देखिएको समस्यालाई मैले निकै नजिकबाट हेरिरहेको छु । नेपालको आर्थिक विकासमा गैर आवासीय नेपालीले खेल्न सक्ने भूमिका पनि एक महत्वपूर्ण कोशेढुंगो सावित हुन सक्छ । लगानीको वातावरण बनाई दिर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता हो । नेपालको विकास नेपालीको हितमा रहेर काम गर्नका लागि एनआरएनमा मेरो भूमिकामा केन्द्रित हुने छु ।
हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी र कोभिड १९ कारण नेपाली जनताले भोग्नु परेको कष्टप्रद क्षणमा पनि हामीले सँगै हातेमालो गरेर अघि बढेका थियौं । भोलिका दिनमा आइपर्ने विपत ब्यवस्थापन, आर्थिक सहायता लगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार रहेको जानकारी म यहाँहरु समक्ष गर्न चाहान्छु ।
नेपाली नागरिकता,पैत्तिक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, भुतपूर्व गोर्खाको समान अधिकार पेन्सनको विषय एनआरएनए मार्फत नेपाल सरकारसँग निरन्तर यस्ता मुद्दामा मेरो संधै प्रयात्न रहन्छ ।
नेपालीका लागि नेपाली !!!
** VOTE VINAYA ADHIKARI FOR NRNA PRESIDENCY 2023-2025 **

コメント